Logo

युरोपा लिगामा आर्सनलको सहज जित, म्यान युनाईटेडको बराबरी

ई-खेलकुद २०७६ असोज १७ , शुक्रबार ०६:१० मा प्रकाशित

एजेन्सी । आर्सनलले युरोपा लिग फुटबलमा प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा स्टान्डर्ड लिएग लाई ४–० ले हराउदै लिगमा लगातार दोस्रँे जित हात पारेको हो । मार्टिनेलीले २ तथा जोसेफ विललक र ड्यानियल सेवालसले समान एक गोल गर्दै आर्सनललाई सहज जित दिलाए । पहिलो हाफमा ३–० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा १ गोल गरेको थियो । यो जितसंगै समुह एफमा रहेको आर्सनल २ खेलबाट ६ अंक सहित शीर्ष स्थानमा यथावत छ । सोहि समूहको अर्काे खेलमा फ्रान्कफर्टले भिक्टोरिया डि गुइमारेसलाई १–० ले पराजित गर्यो ।
एफसी पोर्तो फेईनोर्डसंग २–० ले पराजित हु“दा, स्पानियोलले सीएसकेए मस्कोलाई समान २–० ले स्तब्ध पार्यो ।
म्यानचेष्टर युनाईटेड भने अल्कमारसंग गोलरहित बराबरीमा रोकिएको छ । रोमा र पेलेट वाएसले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?