Logo

युरोकप फुटबल आज सुरु हुदै, उद्घाटन खेलमा ईटाली र टर्की भिड्दै

ई-खेलकुद २०७८ जेठ २८ , शुक्रबार ०८:०६ मा प्रकाशित

एजेन्सी । युरोकप फुटबल प्रतियोगीताको १६ औ संस्करण आजबाट सुरु हुदैछ । युरोपका ११ मुलुकका ११ शहरमा हुने प्रतियोगीताको उद्घाटन खेलमा ईटाली र टर्की प्रतिस्पर्धा गर्नेछन् । ईटालीको रोमस्थित स्टाडीयो ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । उद्घाटन खेलमा घरेलु टोली सहज जितसंगै प्रतियोगीतामा सुखद सुरुवात गर्ने योजनामा छ । युवा बाहुल्य टर्किपनि ईटालीलाई उसैको मैदानमा हराउने लक्ष्यमा छ ।
२४ टोलीले खेल्ने प्रतियोगीतामा सहभागी समुहलाई ६ समुहमा बिभाजन गरिएको छ । सहभागी मध्ये ९ टोलीले युरोकपको उपाधि जितिसकेका छन् । जुलाई ११ सम्म चल्ने प्रतियोगीताको फाईनल खेल लण्डनस्थित बेम्ली स्टेडियममा हुनेछ । हालसम्म उपाधि जितेकामध्ये ग्रीसले भने यो पटक छनोट चरण पार गर्न सकेन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?