Logo

युरोकप फुटबलको सेमिफाईनल समिकरण पुरा

ई-खेलकुद २०७८ असार २० , आईतबार ०७:०७ मा प्रकाशित

एजेन्सी । युरोपका विभिन्न ११ सहरमा जारी युरो कप २०२० फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराती क्वार्टरफाईनल चरणका २ खेल सकिएसंगै प्रतियोगीताको सेमिफाईनल समिकरणले पुर्णता पाएको हो ।
युरोकपको सेमिफाईनलमा ईङलयाण्ड, डेनमार्क, स्पेन र ईटाली पुगेका छन् । गएराति चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गर्दा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुग्यो ।
त्यसअघि शुक्रबार राति स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै तीन पटकको विजेता स्पेन अन्तिम चारमा पुगेको थियो । यस्तै, इटालीले सेमिफाइनलका लागि भएको भिडन्तमा बेल्जियमलाई २–१ गोलले हराएको थियो ।
पहिलो सेमिफाइनलमा मङ्गलबार राति इटालीले स्पेनसँग खेल्नेछ । सो खेलको विजेताले उपाधिका लागि बुधबार हुने दोस्रो सेमिफाईनलको विजेतासंग खेल्नेछ । दोस्रो सेमिफाईनलमा बुधबार राती ईङल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । सेमिफाईनलका दुबै खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?