Logo

युरोकप फुटबलको क्वार्टरफाईनल समिकरण पुरा

ई-खेलकुद २०७८ असार १६ , बुधबार ०७:०६ मा प्रकाशित

एजेन्सी । युरोपका विभिन्न ११ सहरमा जारी १६ औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । गएराती अन्तिम १६ का दुई खेल सकिएसंगै प्रतियोगीताको क्वार्टरफाईनल समिकरणले पुर्णता पाएको हो । युरोकपको क्वार्टरफाईनलमा ईङल्याण्ड, युक्रेन, स्विट्जरल्याण्ड, स्पेन, बेल्जियम, ईटाली, चेक रिपब्लिक र डेनमार्कले स्थान बनाएका छन् ।
‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’का चारै टोली अन्तिम १६ बाटै बाहिरिएका छन् । समुह एफमा साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स, जर्मनी तथा हङ्गेरी रहेका थिए । पोर्चुगल बेल्जियमसँग १–० गोलले पराजित हुँदै बाहिरिएको हो भने फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै बाहिरिएको हो । जर्मनी इङ्ग्ल्यान्डसँग पराजित हुँदै बाहिरिँदा हङ्गेरी समूह चरणबाटै बाहिरिएको थियो । क्वार्टरफाईनल चरणका खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।
क्वार्टरफाइनल समीकरण :
स्विट्जरल्यान्डविरुद्ध स्पेन– शुक्रबार राति ९ः४५ बजे
बेल्जियमविरुद्ध इटाली– शुक्रबार राति १२ः४५ बजे
चेक रिपब्लिकविरुद्ध डेनमार्क– शनिबार राति ९ः४५ बजे
युक्रेनविरुद्ध इङ्ग्ल्यान्ड– शनिबार राति १२ः४५ बजे


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?