Logo

युरोकप : नकआउट चरणमा कस्को प्रतिद्धन्दी को ?

ई-खेलकुद २०७८ असार १० , बिहीबार ०७:०६ मा प्रकाशित

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी युरोकप फुटबल अन्तर्गत समुह चरणका खेलहरु सकिएका छन् । समुहचरणबाट हरेक समुहका विजेता र उपविजेता गरी २/२ तथा तेस्रो स्थानमा रहेका उत्कृष्ट ४ गरी १६ टोली प्रतियोगीताको अघिल्लो चरणमा प्रबेश गरिसकेका छन् ।
समुह एबाट ईटाली र वेल्स, समुह बीबाट बेल्जियम र डेनमार्क, समुह सीबाट नेदरल्याण्ड्स र अष्ट्रिया, समुह डीबाट ईङल्याण्ड र क्रोएसीया, समुह ईबाट स्विडेन र स्पेन तथा समुह एफबाट फ्रान्स र जर्मनी समुह विजेता र उपविजेताका रुपमा अघिल्लो चरणमा प्रबेश गरेका छन् ।
तेस्रो स्थानमा रहेका ६ मध्ये वरियतामा माथि रहेका पोर्चुगल, चेक रिपब्लिक, स्विजरल्याण्ड र युक्रेनले पनि नकआउट चरणमा स्थान बनाएका छन् । शनिबारबाट सुरु हुने नकआउट चरणमा कस्को प्रतिद्धन्दी को रहन्छ ?

हेर्नुहोस–

वेल्स vs डेनमार्क
इटाली vs अष्ट्रिया
नेदरल्यान्ड्स vs चेक रिपब्लिक
बेल्जियम vs पोर्चुगल
क्रोएसिया vs स्पेन
फ्रान्स vs स्विट्जरल्यान्ड
इंग्ल्यान्ड vs जर्मनी
स्विडेन vs युक्रेन


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?