Logo

युरोकप : दोस्रो सेमिफाईनलमा ईङल्याण्ड र डेनमार्क भिड्दै

ई-खेलकुद २०७८ असार २३ , बुधबार ०५:०७ मा प्रकाशित

एजेन्सी । युरोपका बिभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज ईङल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्दैछन् । लण्डनस्थित वेम्बली स्टेडियममा हुने प्रतिस्पर्धा नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ ।
एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली सहज जित निकाल्दै ईटालीसंगको उपाधि भेट पक्का गर्न चाहान्छन् । गएराती भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टि सुटआउटमा ४–२ गोल अन्तरले हराउदै इटालीले फाईनलमा स्थान सुरक्षित गरेको थियो ।
इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । डेनमार्कले क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । ५ खेल भने बराबरीमा सकिएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?