Logo

युरोकप छनोट खेलमा ईङल्याण्ड १० बर्षपछि पराजित, पोर्चुगलले लब्जेम्बर्गलाई हरायो

ई-खेलकुद २०७६ असोज २५ , शनिबार ०८:१० मा प्रकाशित

एजेन्सी । युरोकप छनोट २०२० को छनोट खेलमा ईङल्याण्डले पहिलो हार भोगेको छ । गएराति भएको समूह चरणको पाँचौं खेलमा चेक रिपब्लिकले ईङल्याण्डलाई २–१ ले हराएको हो । चेक रिपब्लिकको मैदानमा कप्तान हेरी केनले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड हार भोग्न बाध्य भयो । केनले पेनाल्टीमार्फत इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा जाकुब ब्राबेकले गोल गर्दै चेक रिपब्लिकलाई बराबरीमा पुर्याएका थिए ।

८५ औं मिनेटमा ज्डेनेक ओन्द्रासेकले गोल गर्दै चेक रिपब्लिकलाई जित दिलाए । यो हारसंगै युरो छनोटमा इंग्ल्याण्डको ४३ खेलको अपराजित यात्रा पनि टुंगीएको छ । युरोकप छनोट खेलमा ईङल्याण्ड पछिल्लो पटक सन् २००९ मा युक्रेनसंग पराजित भएको थियो । ५ खेलबाट १२ अंक जोडेको ईङल्याण्ड समुहको शीर्ष स्थानमा छ । एक खेल बढि खेलेको चेक रिपब्लिकको समान अंक भएपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । सोहि समूहको खेलमा मोन्टनेग्रोले बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
समुह बीको खेलमा पोर्चुगलले लब्जेम्बर्गलाई ३–० ले हरायो । लिथुनिया युक्रकेनसंग २–० ले स्तब्ध भयो ।
गएराती नै माल्डोभाले एण्डोरालाई, फ्रान्सले आईसल्याण्डलाई तथा टर्किले अल्बानियालाई समान १–० ले हराए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?