
एजेन्सी । युरोकप फुटबल खेल्ने २० राष्ट्रको टुंगो लागेको छ । गएरातीका खेलसंगै युरोकप खेल्ने २४ मध्ये छनोटचरणबाट २० टोलीको टुंगो लागेको हो । बा“कि ४ टोलीको टुंगो प्लेअफ छनोटबाट लाग्नेछ । पछिल्लो खेलमा वेल्सले हङगेरीलाई २–० ले हराउदै वेल्सले युरोकपको टिकट काटेको हो । उसको जितमा दुबै गोल एरोन राम्सेले गरे । खेलको १५ र ४७ औ मिनेटमा गोल गर्दै उनले टोलीलाई युरोकपमा पुर्याएका हुन् । समुह ईबाट क्रोएसीया र वेल्सले युरोकप खेल्नेछन् । सोहि समुहको खेलमा स्लोभाकियाले अजरबैजानलाई २–० ले स्तब्ध पार्यो । यो जितका बाबजुत पनि उसले युरोकपमा स्थान भने बनाउन सकेन् । अन्तिम चरणका खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ ले , नेदरल्याण्ड्सले स्टोनियालाई ५–० ले तथा बेल्जियमले साईप्रसलाई ६–१ ले स्तब्ध पार्यो । रसीयाले सानमारिनोलाई ५–० ले हराउदा काजाकिस्तानबिरुद्ध स्कटल्याण्ड ३–१ ले विजयी भयो । लात्भियाले अष्ट्रिया र नर्दन म्यासेडोनियाले ईजरायललाई समान १–० ले स्तब्ध पारे । स्लोभानियाबिरुद्ध पोलाण्डले ३–२ को संर्घषपुर्ण जित निकाल्यो ।
युरोकप छनोट खेलबाट बेल्जियम, ईटाली, रसीया, पोल्याण्ड, युक्रेन, स्पेन, फ्रान्स, टर्कि, ईङल्याण्ड, चेक रिपब्लिक, फिनल्याण्ड, स्वीडेन, क्रोएसीया, अष्ट्रिया, नेदरल्याण्ड्स, जर्मनी, पोर्चुगल, स्विटरजरल्याण्ड र डेनमार्कले युरोकपमा छनोट भएका हुन् ।
