Logo

युरोकपमा रोनाल्डो सर्बाधिक गोलकर्ता, जियानलुइजी सर्बोत्कृष्ट

ई-खेलकुद २०७८ असार २८ , सोमबार ०६:०७ मा प्रकाशित

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो १६ औं संस्करणको युरोकप फुटबलमा सर्बाधिक गोलकर्ता बनेका छन् । युरोपका बिभिन्न ११ शहरमा सम्पन्न प्रतियोगीतामा रोनाल्डोले सर्बाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारेका हुन् । ४ खेलमा रोनाल्डोले ५ गोल गरेका थिए । उनले १ असिस्ट समेत गरेका थिए । रोनाल्डोलाई पछ्याएका चेक रिपब्लिकका प्याट्रिक शिकले ५ खेलमा ५ गोल गरेका थिए । खेल संख्या र असिष्टका कारण उनलाई रोनाल्डोले पछि पारेका हुन् । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।
युरोकपमा इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । इटालीलाई युरोकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् । जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् । स्पेनका मिडफिल्डर पेड्री उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । ६ खेलमा मैदान उत्रिएका स्पेनका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?