Logo

युरोकपमा आज थप तीन खेल हुदै

ई-खेलकुद २०७८ जेठ २९ , शनिबार ०९:०६ मा प्रकाशित

एजेन्सी । युरोकप फुटबलमा आज तीन खेल हुदैछन् । गएरातीबाट सुरु भएको १६ औं संस्करणको प्रतियोगीतामा आज समुह एको एक र समुह बीका २ खेल हुन लागेको हो ।
दिनको पहिलो खेलमा समुह ए अन्तर्गतका वेल्स र स्वीट्जरल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । अजरबैजानको वाकुमा हुने खेल नेपाली समयानुसार साँझ पौने ७ बजे सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली प्रतियोगीतामा सुखद सुरुवात गर्ने योजनामा रहनेछन् ।
ईटाली र टर्कि समेत रहेको समुह एबाट ईटालीले विजयी सुरुवात गरिसकेको छ । आजै राती समुह बी अन्तर्गतका डेनमार्क र फिनल्याण्ड तथा बेल्जियम र रुस प्रतिस्पर्धा गर्नेछन् । डेनमार्क र फिनल्याण्डबिचको खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछ । दिनको अन्तिम खेलमा राती पौने १ बजे रुस र बेज्लियम आमने सामने हुनेछन् । घरेलु मैदानमा हुने खेलमा रुस सहज जितसंगै प्रतियोगीताको सुरुवात गर्ने योजनामा हुनेछ । शीर्ष बरियताको बेल्जियम भने रुसलाई उसैको मैदानमा हराउने प्रयासमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?