Logo

युरोकपमा आजबाट नकआउट चरण सुरु हुदै, आज दुई खेल

ई-खेलकुद २०७८ असार १२ , शनिबार ०८:०६ मा प्रकाशित

एजेन्सी । युरोकप फुटबलमा आजबाट नकआउट चरणका खेल सुरु हुदैछनन् । अन्तिम १६ को पहिलो दिन आज दुई खेल हुदैछन् ।
नकआउटचरणमा वेल्स र डेनमार्क तथा इटाली र अष्ट्रिया प्रतिस्पर्धामा उत्रनेछन् । नेदरल्याण्ड्समा हुने पहिलो खेलमा नेपाली समयानुसार राती पौने १० बजे वेल्स र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् ।
वेल्स समुह ए र डेनमार्क समुह बीको उपविजेताका रुपमा नक आउटचरणमा प्रबेश गरेका हुन् । वेल्सले समुह चरणमा एक जित, एक हार र एक बराबरीको नतिजा निकालेको थियो । डेनमार्क भने १ जित र २ हारको नतिजा निकालेपनि समुह उपविजेता बन्न सफल भएको थियो । डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।
त्यस्तै आजको दोस्रो खेलमा ईटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्नेछन् । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने खेल राती पौने १ बजे सुरु हुनेछ । दुबै टिम एक अर्काबिरुद्ध जित निकाल्दै क्वार्टरफाईनल प्रबेशको योजनामा रहेका छन् ।
इटाली समूह ’ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रिया समुह सीको उपविजेता टोली हो । इटालीले समुहचरणमा शत प्रतिशत नतिजा निकालेको थियो । नकआउट चरणमा पनि उ आफ्नो किर्तिमानी अपराजित यात्रालाई जारी राख्ने योजनामा छ । युरोकपको नकआउट चरणमा पहिलो पटक प्रबेश गरेको अष्ट्रियाले समुह चरणमा २ जित र एकमा हारको नतिजा निकालेको थियो ।
यी दुई टोलीबिच हालसम्म १३ भेट भएको छ । जसमा १० खेल ईटालीले जितेको छ । तीन खेल बराबरीमा सकिएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?