Logo

युरोकपको फाईनल डच रेफ्रि कुईपर्सले खेलाउने

ई-खेलकुद २०७८ असार २५ , शुक्रबार ०६:०७ मा प्रकाशित

एजेन्सी । युरोकप फुटबलको १६ औं संस्करणको फाईनल खेल बियोन कुईपर्सले खेलाउने भएका छन् । युरोपेली फुटबल महासंघ युईएफएले ईङल्याण्ड र ईटालीबिचको फाईनल खेल खेलाउने जिम्मा कुईपर्सलाई दिएको हो । ४८ बर्षिय नेदरल्याण्ड्सका रेफ्रि कुईपर्सले सातौ पटक युरोपियन प्रतियोगिताको फाइनल खेल खेलाउन लागेका हुन् ।
यस बर्षको युरोकपको फाइनलमा आईतबार राती इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । लण्डनस्थित वेम्वली स्टेडियममा हुने खेलमा दुबै टोली उपाधि हत्याउने योजनामा रहनेछन् । सेमिफाईनलमा ईटालीले स्पेनलाई तथा ईङल्याण्डले डेनमार्कलाई हराउदै फाईनल यात्रा तय गरेका हुन् ।
यसअघि पनि उनले इंग्ल्यान्ड र इटालीबीचको खेल खेलाईसकेका छन् । सन् २०१४ को विश्वकपको समूह चरणमा इंग्ल्यान्ड र इटाली भिड्द कुइपर्स रेफ्री रहेका थिए । कुइपर्स सन् २००६ देखि रेफ्री गर्दै आईरहेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?