Logo

युरोकपको ड्र सार्बजनिक, पोर्चुगल, फ्रान्स र जर्मनी एकै समुहमा

ई-खेलकुद २०७६ मंसीर १५ , आईतबार १०:१२ मा प्रकाशित

एजेन्सी । आसन्न युरोकप फुटबलको ड्र सार्बजनिक गरिएको छ । युरोपेली फुबटल महासंघ युर्एएफएले गएराती सार्बजनिक गरेको ड्र अनुसार डिफेण्डिङ च्याम्पियन पोर्चुगल, फ्रान्स र जर्मनी समुह एफमा परेका छन् । यो समुहको अर्को टोली प्ले अफबाट आउनेछ । ईटाली, स्विटजरल्याण्ड, टर्कि र वेल्सले समुह एबाट प्रतिस्पर्धा गर्नेछन् । समुह बी मा बेल्जियम, रसिया, डेनमार्फ र फिनल्याण्ड रहेका छन् । त्यस्तै युक्रेन, नेदरल्याण्ड्स, अष्ट्रिया ग्रुप सीमा रहेका छन् । यो समुहको एक टोली टुंगो लाग्न बा“कि छ ।
समुह डीमा ईङल्याण्ड, क्रोएसिया, चेक रिपब्लिकसंगै प्लेअफबाट आउने एक टोली रहनेछन् । ग्रुप ईबाट स्पेन, पोल्याण्ड, स्वीडेनसंगै अर्को एक टोली रहनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?