Logo

युरोकपका उत्कृष्ट गोलरक्षक डोनारुम्मा पिएसजीमा

ई-खेलकुद २०७८ असार ३१ , बिहीबार ०७:०७ मा प्रकाशित

एजेन्सी । युरो कप २०२० का उत्कृष्ट गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजी पुगेका छन् । इटालियन गोलकिपर डोनारुम्माले लिग वान क्लबसंग ६ वर्षको सम्झौता गरेका हुन् ।
२२ वर्षीय गोलकिपर डोनारुम्मा सन् २०२६ सम्म पिएसजीमा रहनेछन् । डोनारुम्मा फ्री ट्रान्सफरमा पिएसजीमा अनुबन्धित भएका हुन् । उनले गत जुन ३० बाट एसी मिलानसँगको सम्झौता अन्त्य गरेका थिए । इटालीलाई १६औँ संस्करणको युरो कप फुटबलको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका डोनारुम्मा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले युरोमा सात सय १९ मिनेट खेल्दै तीन क्लिन सिट निकालेका थिए । उनले प्रतियोगितामा चार गोल व्यहोर्दा नौ पटक गोल बचाएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?