Logo

युभेन्टस सिरि ए फुटबलको तेस्रो स्थानमा

ई-खेलकुद २०७७ फागुन ११ , मंगलबार ०७:०२ मा प्रकाशित

एजेन्सी । युभेन्टस ईटालियन सिरि ए फुटबलको तेस्रो स्थानमा पुगेको छ । आफ्नो २२ औ खेलमा गएराती क्रोटोनलाई ३–० ले हराउदै युभेन्टस तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा युभेन्टसलाई शानदार जित दिलाउन क्रिष्टियानो रोनाल्डोले २ गोल गरे । अर्को गोल वेस्टोन म्याकेनीको नाममा रह्यो । ३८ औ मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफको ईन्ज्युरी समयमा अर्को गोल गर्दै टोलीलाई पहिलो हाफमै २–० को अवस्थामा पुर्याएका थिए । पाहुना टोलीमाथी अधिकांश समय दबाव बनाएको युभेन्टसले दोस्रो हाफको २१ औ मिनेटमा अर्को गोल गर्दै जित निकालेको हो । म्याकेनीले टोलीका लागि तेस्रो गोल गरेका हुन् । यो जितसंगै २२ खेलबाट युभेन्टसको ४५ अंक भएको छ । उ दोस्रो स्थानको एसी मिलान भन्दा ४ अंकले पछि छ ।

युभेन्टस सिरी ए

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?