Logo

युनाईटेड बराबरीमा रोकियो, बर्नलीको शानदार जित

ई-खेलकुद २०७८ वैशाख १२ , आईतबार ०९:०४ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा बर्नलीले शानदार जित निकालेको दिन म्यानचेष्टर युनाईटेड भने लिड्ससंग गोलरहित बराबरीमा रोकिएको छ । युनाईटेडको यो बराबरीले उपाधिको संघारमा पुगेको म्यान सिटीको उपाधि यात्रा थप सहज बनेको छ । लिगमा ५ चरणका खेल बाँकि रहदा सिटी शीर्ष स्थानमा १० अंकले अघि छ । अर्को साता हुने खेलमा सिटीले क्रिष्टल प्यालेसलाई हराएर म्यान युनाईटेड लिभरपुलसंग पराजित भए सिटी ४ खेल अगावै च्याम्पियन बन्नेछ । तलिकामा दोस्रो स्थानको युनाइटेडेको ६७ अंक छ । सिटीसंग ७७ अंक रहेको छ ।
आजै भएको अर्को खेलमा बनर्लीले वुल्भरह्याम्टनलाई ४–० को फराकिलो अन्तरले हरायो । बनर्लीलाई शानदार जित दिलाउन क्रिस उडले ह्याट्रिक गरे । चौथो गोल एस्ले वेष्टउडले थपे । यो जितले बनर्लीलाई ३६ अंकमा तालिकाको १४ औ स्थानमा पुर्याएको छ ।

प्रिमियर लिग म्यानचेष्टर युनाईटेड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?