Logo

युडिनेससंग युभेन्टसको निराशाजनक बराबरी

ई-खेलकुद २०७८ भदौ ७ , सोमबार ०८:०८ मा प्रकाशित

एजेन्सी । इटालियन सिरि एको उपाधि दाबेदार युभेन्टस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा युभेन्टस युडिनेससंग २–२ गोलको बराबरीमा रोकिएको हो । युडिनेसको मैदानमा दुई गोलको अग्रता युभेन्टसले जोगाउन सकेन् ।
तेस्रो मिनेटमा पाउलो डेबालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा जुआन क्वाड्राडोले गोल गरेपछि पहिलो हाफभरि युभेन्टसले २–० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । दोस्रो हाफको छैटौ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई रोबर्टो पेरेयराले गोलमा परिणत गरेका थिए ।
८३औँ मिनेटमा जेरार्ड डेउलोफेउले गोल गरेपछि युडिनेस बराबरीमा फर्कियो । यो खेलमा युभेन्टसका स्टार स्टाईकर क्रिष्टियानो रोनाल्डो दोस्रो हाफमा मात्र मैदान प्रबेश गरेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?