
एजेन्सी । युएस ओपन टेनिस अन्तर्गत पुरुष एकलतर्फको उपाधिका लागि स्पेनी राफायल नाडाल र रसियन डानिल मेदभेदेव भिड्ने भएका छन् । ईटालिका म्यातु बेरिटिनीलाई सोझो सेटले हराउदै नाडालले उपाधि यात्रा तय गरेका हुन् ।
पहिलो सेटमा ७–६ को संर्घषपुर्ण जित निकालेका नाडालले त्यसपछिका सेटमा ६–४ र ६–१ के सहज जित हात पार्दै उपाधि यात्रा तय गरेका हुन् ।
मेदभेदेवले बुल्गेरियन ग्रीगोर दिमित्रोभलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । महिला एकलतर्फको उपाधिका लागि भने आज अमेरिकी सेरेना विलियम्स र क्यानेडियन वियन्का एण्ड्रस्क्युबिच प्रतिस्पर्धा हुनेछ ।
