Logo

युएईसँग हारेपनि महिला टोली ग्लोबल क्वालिफायर पुग्न सक्ने…

ई-खेलकुद २०७८ मंसीर ११ , शनिबार ०६:११ मा प्रकाशित

काठमाडौं । नेपाली महिला क्रिकेट टोली यतिबेला युएईमा आईसीसी टी–२० महिला विश्वकपको एसीयाली छनोट खेलिरहेको छ । एसीयाली छनोटको उपाधि जित्दै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई भोलीको खेल जित्नै पर्ने दबाव छ ।

घरेलु टोली युएईलाई १० रनभन्दा माथी अथवा युएईले दिएको लक्ष्य १७ ओभर अगावै भेट्दा नेपाल विजेता बन्नेछ । यस्तो नतिजा आउन नसके युएईले एसीयाको प्रतिनिधित्व गर्नेछ । एसीयाली छनोट बाहेकपनि ग्लोबल छनोट खेल्ने बाटो भने नेपाली महिला टोलीसँग रहेको छ । ग्लोबल क्वालिफायर खेल्न भईरहेको रिजनल छनोट मध्ये पुर्वी एसीया प्यासिफिक छनोट रद्ध भएको छ । यस्तोमा वरीयतामा माथी रहने २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने संभावना छ । महिला टोली विश्व वरीयताको १६ औ स्थानमा रहेको छ ।

नेपालभन्दा माथी रहेका थाइल्याण्ड, जिम्बावे, आयरल्याण्ड र स्कटल्याण्ड छनोट भईसकेकाले त्यसपछिका वरीयताबाट २ टोली ग्लोबल क्वालिफायर पुग्नेछन् । यस्तोमा पपुवा न्यु गीनी, सामोआ र नेपालमध्ये २ टोलीको संभावना बलियो रहनेछ ।

सामोआमा हुने पुर्वी एसीया प्यासीफिक छनोट रद्ध भएकाले छनोटमा रहेका सामोआ र पपुवा न्यु गीनीलाई के गर्ने भन्नेमा आईसीसी निर्णयमा पुगीसकेको छैन् । सो क्षेत्रबाट एक टोली छनोट भए नेपाली महिला टोली स्वत ग्लोबल छनोटमा पुग्नेछ ।

अझ रेटिङ अंकमा सामोआभन्दा १ अंकमात्र पछि रहेको नेपालले त्यसमा सुधार गरे विश्व वरीयताको १५ औ स्थानमा पुग्नेछ । त्यसो हुन सके नेपालको ग्लोबल क्वालिफायर यात्रा निश्चित हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?