Logo

युएईबिरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछि

ई-खेलकुद २०७६ कात्तिक २० , बुधबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । ईरानमा जारी एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटको पहिलो खेलमा नेपालले अहिले बलियो टोली युएईसंग प्रतिस्पर्धा गरिरहेको छ । तेहरानस्थित अन्तराष्ट्रिय रंगशालामा खेलको पहिलो हाफ सकिदा नेपाल २–० ले पछि परेको छ । खेलको २८ औ मिनेटमा युएईले गोल गर्दै खेलमा अग्रता बनाएको हो । गोलरक्षकको गल्तीको फाईदा उठाउदै युएईले बललाई सहज रुपमा जाली चुमाएको थियो ।
खेलको ३८ औ मिनेटमा अर्को गोल गर्दै युएईले पहिलो हाफमै २–० को अग्रता बनाएको हो । नेपालबिरुद्ध अधिकांश समय बलमाथी नियन्त्रण जमाएको युएईका केहि प्रहार भने रक्षापक्तिले विफल पारेका छन् । यद्यपी खेलमा युएई पुर्णत हावी भएको छ ।
नेपालले युएईको पोष्टमा केहि सिमित अवसर पाएपनि तीनको सदुपयोग गर्न सकेको छैन् । छनोटमा नेपालले युएईसंगै आयोजक ईरान र किर्गीस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?