Logo

युएईका अर्का खेलाडीलाई पनि लाग्यो म्याच फिक्सिङ र आर्थिक चलखेलको आरोप

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०९:१० मा प्रकाशित

एजेन्सी । म्याच फिक्सिङसंगै भ्रष्टाचारको आरोपमा ईमिरेट्स क्रिकेट बोर्डले अर्का एक खेलाडीलाई निलम्बन गरेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले कप्तान महम्मद नाभेदसहित ३ खेलाडीलाई सोहि आरोपमा निलम्बनगरेको केहि दिनमै बोर्डले अस्फाक अहमदलाई पनि प्रतिबन्ध लगाएको हो ।
बोर्डले अस्फाकलाई सोहि घटनामा पनि संलग्न भएको आरोप लगाएको छ । घरेलु मैदानमा जारी टी–२० विश्वकपको ग्लोबल छनोटका सुरुवाती २ खेल खेलेका अस्फाक तेस्रो खेलअघि नै टोलीबाट हटाईएका हुन् । ३४ बर्षिय यी क्रिकेटरमाथी थप अनुसन्धान भईरहेको ईमिरेट्स क्रिकेट बोर्डले जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?