
साउन ३०, एजेन्सी ।
युईएफए सुपर कप फुटबलको उपाधी लिभरपुलले जितेको छ । आज बिहान सकिएको खेलमा चेल्सीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउदै लिभरपुलले सिजनको पहिलो उपाधी हात पारेको हो । निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि उपाधी विजेताको टुंगो टाईब्रेकरबाट भएको थियो ।

लिभरपुलका दोस्रो रोजाईका गोलरक्षक एड्रियनले टमी अब्राहमको पेनाल्टि रोक्दै टोलीलाई उपाधी दिलाएका हुन् ।
३६ औ मिनेटमा ओलिभर जिराउडको गोलबाट चेल्सीले अग्रता बनाएपनि ४८ औ मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई बराबरीमा पुर्याएका थिए । उनैले ९५ औ मिनेटमा गोल गरेपछि लिभरपुलले २–१ को अग्रता बनाएको थियो । अतिरिक्त समयमा चेल्सीले पाएको पेनाल्टिलाई जर्जिन्होले गोल गर्दै चेल्सीलाई बराबरीम पुर्याएका थिए ।
५३ प्रतिशत बल पोजिशनको खेलमा लिभरपुलले दर्जन अवसर पाएपनि ती अवसरको सदुपयोग गर्न सकेन् । चेल्सीका पनि आधा दर्जन अवसर पनि खेर गएका थिए ।