Logo

म्यान यु र लेष्टर सिटी विजयी, टटनह्याम पराजित

ई-खेलकुद २०७७ चैत्र २ , सोमबार ०६:०३ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर युनाईटेड, लेष्टर सिटी र ब्राईटन एण्ड होभ एल्बियन विजयी भएका छन् । टटनह्याम भने आर्सनलसंग पराजित भएको छ । वेष्टह्याम युनाईटेडलाई १–० ले हराउदै युनाईटेडले शीर्ष टोली म्यानचेष्टर सिटीसंगको दुरी १४ अंकमा झारेको छ । ओल्ड ट्राफोडमा युनाईटेडलाई जिताउन ५३ औ मिनेटमा वेष्टह्यामले प्रदान गरेको उपहार गोल निर्णायक बन्यो । २९ खेलबाट ५७ अंकसहित युनाईटेड तालिकाको दोस्रो स्थानमा कायम छ ।
लेष्टर सिटीले सेफिलड युनाईटेडबिरुद्ध ५–० को फराकिलो जित निकाल्यो । घरेलुमा लेष्टरलाई शानदार जित दिलाउन केलिची ईन्हान्चोले ह्याट्रिक गरे । एयोज परेजले एक गोल गरे । अर्को गोल भने लेष्टरले उपहारका रुपमा पाएको थियो । २९ खेलबाट ५६ अंक जोडेको लेष्टर तेस्रो स्थानमा कायम छ ।
साउथ हेम्प्टनलाई २–१ गोल अन्तरले हराएको ब्राईटन एण्ड होभ एल्बियन तालिकाको १६ औ स्थानमा उक्लिएको छ । २८ खेलबाट उसले २९ अंक जोडेको छ ।
टटनह्याम भने आर्सनलसंग २–१ गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा टटनह्यामबिरुद्ध संर्घषपुर्ण जित दिलाउन मार्टिन ओडगार्ड र अलेक्जेण्डर लाकाजेट्ले गोल गरे । टटनह्यामका ईरिक लामेलाले एक गोल गरे ।
३३ औ मिनेटमा लामेलाले गोल गर्दै टटनह्यामलाई अग्रता दिलाएपनि त्यो अग्रता जोगाउन नसक्दा टटनह्याम हार भोग्न बाध्य भयो । २८ खेलबाट आर्सनलको ४१ अंक भएको छ ।

प्रिमियर लिग म्यानचेष्टर युनाईटेड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?