Logo

म्यान युनाईटेड प्रिमियर लिगको शीर्ष स्थानमा

ई-खेलकुद २०७७ पुस २९ , बुधबार ०७:०१ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर युनाईटेड ईङलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । १७ औ चरणको खेलमा गएराती बर्नलीलाई १–० गोल अन्तरले हराउदै म्यान युले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको हो । बर्नलीको मैदानमा युनाईटेडलाई जिताउन पउल पोग्वाले खेलको ७१ औ मिनेटमा गरेको गोल उसको जितमा निर्णायक बनेको थियो । घरेलु टोलीलाई अधिकांश समय दबावमा राखेको युनाईटेडले पाएका थप आधा दर्जन बढि अवसर खेर फालेको थियो । १७ खेलबाट ३६ अंक जोडेको युनाईटेडले लिभरपुललाई ३ अंकले पछि पारेको हो ।
गएराती नै एभर्टनले वुल्भरहेम्प्टनलाई २–१ ले हराएको छ । यो जितले उसलाई तालिकाको चौथो स्थानमा पुर्याएको छ । १७ खेलबाट ३२ अंक जोडेको एभर्टन लेष्टर सिटीसंग बराबरी अंकमा भएपनि गोल अन्तरमा पछि परेको हो ।
अर्को खेलमा रेलिगेशन क्षेत्रमा रहेको सेफिल्ड युनाईटेडले न्यु क्यासल युनाईटेडलाई १–० ले हरायो । जितको बावजुत सेफिल्ड युनाईटेड तालिकाको पुछारमा यथावत छ ।

प्रिमियर लिग म्यानचेष्टर युनाईटेड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?