Logo

म्यानमार जाने नेपाली फुटबल टोलीको बिदाई, टोली आजै म्यानमार जाँदै

ई-खेलकुद २०७६ कात्तिक १७ , आईतबार ०२:११ मा प्रकाशित

काठमाण्डौ । म्यानमारसंगको मैत्रीपुर्ण खेल खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले आज बिदाई गरेको छ । म्यानमारको घरेलु मैदानमा २१ ग्ते हुने खेल खेल्ने टोलीलाई अध्यक्ष कर्माछिरिङ शेर्पा सहितका पदाधिकारीले एक कार्यक्रमकाबिच बिदाई गरेका हुन् ।
२३ खेलाडी र अफिसियलको टोली आजै म्यानमार जाने एन्फाले जनाएको छ । विश्वकप फुटबलको दोस्रो चरणको घरेलु खेलको तयारीमा रहेको नेपालले त्यसअघि म्यानमारसंग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?