
काठमाण्डौ । म्यानमारसंगको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । कार्तिक २१ गते हुने खेलका लागि प्रशिक्षक योहान कालिनले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । म्यानमारको घरेलु मैदानमा हुने खेललाई नेपालले घरेलु मैदानमा हुने विश्वकप छनोटको दोस्रो चरणको तयारीका रुपमा हेरेको छ ।
टोलीमा भरत खवास र एलेन न्यौपानेले पुनरागमन गर्दा सुबास गुरुङ र मिक्चेन तामाङले पलिहो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । म्यानमार भ्रमणको टोलीमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, विशाल राई र हेमन गुरुङ टोली बाहिर रहेका छन् । टोलीमा विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल रहेका छन् ।
त्यस्तै सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ, भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल र नवयुग श्रेष्ठ म्यानमार भ्रमणको टोलीमा सहभागी हुनेछन् । नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ ।
