Logo

म्यानमारबिरुद्धको मैत्रीपुर्ण खेलको पहिलो हाफमा नेपाल २–० ले पछि

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । नेपाल र म्यानमारबिचको मैत्रीपुर्ण फुटबल अहिले भईरहेको छ । म्यानमारको मण्डला थिरी रंगशालामा खेलको पहिलो हाफ सकिदा नेपाल २–० ले पछि परेको छ । खेलको तेस्रो मिनेटमा म्यानमारले गोल गर्दै खेलमा अग्रता बनाएको हो । डिबक्स नजिकैको फ्रिकिकको अवसरलाई हेडमार्फत गोल गर्दै खेलमा अग्रता बनाएको हो । पहिलो हाफको ईन्ज्युरी समयमा अर्को गोल गदै म्यानमारले अग्रता दोब्बर पारेको हो । नेपाली डिफेन्सले गल्ती गरेको फाईदा उठाउदै म्यानमारले अग्रता दोबबर पार्ने अवसर पाएको हो । फिफा बरियतामा २० स्थानमाथी रहेको म्यानमारबिरुद्ध नेपालले पनि केहि अवसर बनाएको थियो । तर नेपालको अग्रपक्ति त्यसमा चुकेको थियो ।
विश्वकप छनोट अन्र्तगत आसन्न दोस्रो चरणको खेलको तयारीका लागि नेपालले म्यानमारसंग मैत्रीपुर्ण खेल खेलेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?