Logo

म्यानचेस्टर युनाइटेडको संघर्षपुर्ण जित

ई-खेलकुद २०७७ पुस १५ , बुधबार ०६:१२ मा प्रकाशित

एजेन्सी । ईङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले संघर्षपुर्ण जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा युनाइटेडले आफ्नै मैदानमा वुल्भरहेम्प्टनबिरुद्द १–० गोलको साँघुरो जित दर्ता गरेको हो । ओल्ड ट्राफोडमा युनाइटेडलाई जिताउन मार्कुस राष्फोर्डले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बरबरीमा सकिएको खेलको इन्ज्युरी समयमा गोल गर्दै राष्फोर्डले युनाइटेडलाई जिताए । यससँगै युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ । १५ खेलबाट उसको ३० अङ्क भएको छ ।

प्रिमियर लिग म्यानचेस्टर युनाइटेड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?