Logo

म्यानचेष्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

ई-खेलकुद २०७८ वैशाख १८ , शनिबार ०८:०५ मा प्रकाशित

एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । ३४ औ चरणको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले हराउदै सिटी चौथो सिजनमा तेस्रो उपाधिको संघारमा पुगेको हो । क्रिष्टलको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।
सिटीलाई सहज जित दिलाउन सर्जियो अग्युरो र फेरान टोरेसले गोल गरे । ५७ औं मिनेटमा अग्युरोको गोलमा अग्रता बनाएको सिटीले त्यसको २ मिनेटपछि नै अर्को गोल थपेको थियो । टोरेसले दोस्रो गोल गर्दै सिटीलाई जित दिलाएका थिए । सिटीको जर्सीमा अगुईरोको यो किर्तिमानी २ सय ५८ औ गोल समेत हो । जितसँगै सिटीले ३४ खेलबाट ८० अंक जोड्दै शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । उपाधि हात पार्न उसलाई मात्र २ अंक आवश्यक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ६७ अंक रहेको छ । आईतबार हुने खेलमा म्यान युनाईटेड लिभरपुलसंग पराजित भएमा सिटीले उपाधि जित्नेछ । युनाईटेडले जित हात पारे, सिटीले उपाधिका लागि ३५ औ चरणको खेल कुर्नपर्नेछ ।

प्रिमियर लिग म्यानचेस्टर सिटी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?