Logo

म्यानचेष्टर सिटीको उपाधि यात्रा बलियो बन्दै

ई-खेलकुद २०७७ चैत्र १ , आईतबार ०६:०३ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलको उपाधि यात्रा बलियो बनाउदै लगेको छ । ३० औ चरणको खेलमा गएराती फुल्ह्यामलाई ३–० ले हराउदै म्यान सिटीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाएको हो । फुल्हयामको मैदानमा सिटीलाई जिताउन जोन स्टोनेस, ग्राबियल जिसस र सर्जियो अगुईरोले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले सबै गोल दोस्रो हाफमा गर्दै शानदार जित हात पारेको हो । ४७ औ मिनेटमा स्टोनेसको गोलमा अग्रता बनाएको सिटीका लागि जिससले ५६ औ मिनेटमा अर्को गोल थपेका थिए । त्यसको ४ मिनेटपछि अगुईरोले पेनाल्टिमा गोल गर्दै टोलीको जित निश्चित पारे । अगुईरोले सन् २०२० को जनवरी पछि टोलीका लागि पहिलो गोल गरेका हुन् । यो जितसंगै सिटी उपाधिबाट केहि अंकमात्र टाढा रहेको छ । ३० खेलबाट उसको ७१ अंक भएको छ । २ खेल कम खेलेको म्यानचेष्टर युनाईटेडको ५४ अंकमा तालिकाको दोस्रँे स्थानमा छ ।
गएराती नै क्रिष्टल प्यालेसले वेष्टब्रोमलाई १–० ले हराउदा एभर्टन, बर्नलीसंग २–१ गोल अन्तरले पराजित भयो । चेल्सी र लिड्स युनाईटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिगमा आज राती बिभिन्न ४ खेल हुदैछन् । आज साउथ हेम्प्टन र ब्राईटन एण्ड होभ एल्बियन, लेष्टर सिटी र सेफिल्ड युनाईटेड, आर्सनल र टटनह्याम तथा म्यानचेष्टर युनाईटेड र वेष्टह्याम युनाईटेड प्रतिस्पर्धा गर्नेछन् ।

प्रिमियर लिग म्यानचेष्टर सिटी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?