Logo

म्यानचेष्टर सिटि प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा

ई-खेलकुद २०७६ कात्तिक १० , आईतबार ०७:१० मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर सिटि प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा एष्टन भिल्लालाई ३–० ले हराउदै सिटिले शीर्ष स्थानको लिभरपुलसंगको दुरी ३ अंकमा झारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटिले सबै गोल दोस्रो हाफमा गरेको थियो । उसको जितमा राहिम स्र्टलिङ, डेभिड सिल्भा र ईल्के गोण्डुगानले एक एक गोल गरे । खेलको ८७ औ मिनेटमा फर्नान्डीन्हो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय सिटि १० खेलाडीमा सिमित भएको थियो ।
गएरातीनै चेल्सीले वर्नलीलाई ४–२ ले हरायो । क्रिष्टियन पुलिसिचको ह्याट्रिक मद्दतमा चेल्सीले महत्वपुर्ण जित हात पारेको हो । २१ औ मिनेटमा पहिलो गोल गरेका पुलिसिचले ४५ र ५६ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । अर्को गोल खेलको ५८ औ मिनेटमा विलियनले गरेका थिए । खेलको अन्तिम समय सम्हालिन नसक्दा चेल्सीले २ गोल खाएको थियो । ८६ र ८९ औ मिनेटमा वर्नलीले गोल गर्दै अन्तर घटाएको थियो । १० खेलबाट २० अंक जोडेको चेल्सी तालिकाको चौथो स्थानमा यथावत छ ।
अन्य खेलहरुमा ब्राईटन एण्ड होभ एल्बियनले एभर्टनलाई ३–२ ले हरायो । वाटफोर्ट र वर्नमाउथ गोलरहित बराबरीमा रोकिदा वेष्ट ह्याम युनाईटेड सिफिल्डसंग एक एकको बराबरीमा रोकिएको छ ।
प्रिमियर लिग फुटबलमा आज न्यु क्यासल र वोल्भरह्याम्प्टन, आर्सनल र क्रिष्टल प्यालेस, लिभरपुल र टटनह्याम तथा नर्विच र म्यानचेष्टर युनाईटेडबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?