Logo

म्यानचेष्टर सिटि टटनह्यामसंग बराबरीमा रोकियो

ई-खेलकुद २०७६ भदौ १ , आईतबार ०६:०८ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटि टटनह्यामसंग २–२ को बराबरीमा रोकिएको छ । सिटिको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटि अंक बा“ड्न बाध्य भयो । खेलको २० औ मिनेटमा राहिम स्र्टलिङको गोलबाट अग्रता बनाएको सिटिले त्यसको ३ मिनेट लगत्तै गोल खाएको थियो ।

एरिक लामेलाले गोल गर्दै टटनह्यामलाई बराबरीमा पुर्याएका थिए । ३५ औ मिनेटमा सर्जियो अगुईरोले गोल गरेपछि सिटि दोस्रो पटक अग्रता लिन सफल भयो । तर ५६ औ मिनेटमा लुकास मौराले गोल गर्दै टटनह्यामलाई २–२ को बराबरीमा पुर्याए । प्रतिस्पर्धात्मक खेलको ईन्ज्युरी समयमा सिटिका ग्राबियल जिससले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रि भारले अफसाईट घोषणा गरेपछि सोहि नतिजा निर्णायक बन्यो । २ खेलबाट दुबै टोलीको समान ४ अंक भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?