Logo

म्यानचेष्टर सिटि, एभर्टन र लेष्टर सिटि काराबाओ कपको क्वार्टरफाइनलमा

ई-खेलकुद २०७६ कात्तिक १३ , बुधबार ०७:१० मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर सिटि, एभर्टन र लेष्टर सिटि काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेका छन् । चौथो चरणको खेलमा सिटिले साउथ हेम्प्टनलाई ३–१ ले हराउदै अन्तिम आठको यात्रा तय गरेको हो । सर्जियो अगुईरोले २ तथा निकोलस ओटामेण्डीले एक गोल गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफमा २–० को अग्रता बनाएको सिटिले दोस्रो हाफमा १ गोल खाँदै १ गोल थपेको थियो ।
एभर्टनले वाटफोर्टलाई २–० ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । मासोन होल्गेट र रिचार्लीसनले एक एक गोल गर्दै टोलीलाई जित दिलाए । लेष्टर सिटिले बुर्टोन एल्बियनलाई ३–१ ले स्बत्ध पार्यो । अक्सफोर्ड युनाईटेडले सण्डरल्याण्डलाई पेनाल्टि सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठको यात्रा तय गरेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?