Logo

म्यानचेष्टर युनाईटेड सिटीसंग अन्तर घटाउदै

ई-खेलकुद २०७७ चैत्र २३ , सोमबार ०७:०४ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले शीर्ष टोली म्यानचेष्टर सिटीसंगको दुरी १४ अंकमा झारेको छ । पछिल्लो खेलमा गएराती ब्राईटन एण्ड होभ एल्बियनलाई २–१ ले हराउदै म्यान युनाईटेडले दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको हो । ओल्ड ट्राफोडमा युनाईटेडलाई जिताउन मार्कुस रासफोर्ड र मासन ग्रीनउडले गोल गरे । ब्राईटनका डानी वेलबेकले एक गोल गरे । १३ औ मिनेटमा वेलबेकको गोलमा अग्रता बनाएको ब्राईटनले घरेलु टोलीलाई पहिलो हाफभर १–० ले पछि पारेको थियो । ६२ औ मिनेटमा रासफोर्डले गोल गर्दै युनाईटेडलाई बराबरीमा पुर्याए । ग्रीनउडले ८३ औ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपुर्ण जित दिलाए । ३० खेलबाट युनाईटेड ६० अंकसहित दोस्रो स्थानमा कायम छ ।
बर्नलीलाई ३–२ गोल अन्तरले हराएको साउथहेम्प्टन ३६ अंकसहित तालिकाको १३ औ स्थानमा पुगेको छ । गएराती नै फुल्ह्याम एष्टनभिल्लासंग ३–१ गोल अन्तरले पराजित भयो । टटनह्याम भने न्युक्यासल युनाईटेडसंग २–२ गोलको बराबरीमा रोकिएको छ ।

प्रिमियर लिग म्यानचेष्टर युनाईटेड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?