Logo

मोरिस आईपिएल ईतिहासकै महङगो खेलाडी

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार ०५:०२ मा प्रकाशित

एजेन्सी । दक्षिण अफ्रिकाका क्रिकेटर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । १४ औ संस्करणको आइपिएलको खेलाडी छनोट अक्सनमा मोरिसलाई राजस्थान रोयल्सले किर्तिमानी मुल्यमा खरिद गरेको हो ।

चेन्नईमा भएको अक्सनमा राजस्थानले मोरिसलाई १६ करोड २५ लाख भारुमा खरिद गरेको हो । जुन मूल्य आइपिएलमा अहिलेसम्मकै सर्वाधिक धेरै हो । यसअघि आइपिएलमा युवराज सिंह सबैभन्दा महँगा खेलाडी थिए । उनको मूल्य १६ करोड भारु थियो ।

आइपिएल क्रिस मोरिस

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?