Logo

मोन्फिल्स र स्वार्जमेन युएस ओपन टेनिसको क्वार्टरफाइनलमा ओसाका बाहिरिन

ई-खेलकुद २०७६ भदौ १७ , मंगलबार ०७:०९ मा प्रकाशित

एजेन्सी । फ्रान्सका गील मोन्फिल्ससंगै अर्जेन्टिनी डिएगो स्वार्जमेन र ईटालीका माटिओ बेरेटिनी युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रबेश गरेका छन् । मोन्फिल्सले स्पेनी पाब्लो एण्डुजरलाई सोझो सेटले हराउदै अन्तिम ८ को यात्रा तय गरेका हुन् । स्वर्जमेनले जर्मनीका अलेक्जेण्डर भेरवेभलाई ३–१ को सेटले हराए । पहिलो सेट ३–६ ले गुमाएका स्वर्जमेनले त्यसपछिका सेटमा ६–२, ६–४ र ६–३ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । बेरेटिनीले रसियाका एण्ड्रे रुब्लेभलाई सोझो सेटले स्तब्ध पारे ।
महिला एकलतर्फको खेलमा स्विस बिलिन्दा बेन्सिक, अमेरिकी क्रिष्टि अहान र क्रोएसियाकी दोन्ना भीकी अघिल्लो चरणमा प्रबेश गरेका छन् । बेन्सीकले डिफेण्डिङ च्याम्पियन जापानी नाओमी ओसाकालाई सोझो सेटले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?