
काठमाण्डौ । नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले मैदानमा आफ्नो उपस्थिती रहने भएपनि कप्तानको भुमिकामा नफर्कने बताएका छन् । कप्तानको भुमिकाबाट राजिनामा दिएपछि आज सञ्चारकर्मीसंग कुराकानी गर्दै खड्काले राजिनामाका लागि यहि नै उपयुक्त समय भएको प्रतिक्रिया दिए ।
नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवापछि नेपाली क्रिकेट नयाँ ढङगले अघि बढ्नुपर्ने भएकाले त्यसका लागि आफुले मार्ग प्रसस्त गरेको उनको भनाई थियो । आफु क्रिकेटबाट टाढा रहन नसक्ने भन्दै खड्काले क्यानको खेलाडी छनोट समितीले खेलाडीका रुपमा छनोट गरे, केहि बर्ष राष्ट्रिय टोलीका लागि खेल्ने बताए ।
नेपाली क्रिकेट एउटा चरण पार गरेर आईसकेको बताउदै खड्काले मैदान भित्र र बाहिरपनि त्यसलाई थप मजबुत बनाउने बेला आएको जिकिर गरे ।
