Logo

मैत्रीपुर्ण फुटबलमा स्पेन, फ्रान्स र चेक रिपब्लिक विजयी

ई-खेलकुद २०७८ जेठ २६ , बुधबार ०८:०६ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा स्पेन, फ्रान्स, चेक रिपब्लिक र सेनेगल विजयी भएका छन् । गएरातीका थप ४ खेल भने बराबरीमा सएिका छन् ।
युरोकपको तयारीमा रहेको स्पेनले लिथुनियामाथि ४–० को शानदार जित निकाल्यो । गएराति भएको खेलमा स्पेनलाई जिताउन ह्युगो गुइलामोन, ब्राहिम डियाज, जुआन मिरान्डार र जाभी पाउडोले एक एक गोल गरे । घरेलु मैदानमा स्पेनले खेलको तेस्रो मिनेटमा गुइलामोनले गोलबाट अग्रता लिएको थियो ।
२४औँ मिनेटमा डियाजले गोल गर्दै पहिलो हाफमै घरेलु टोलीलाई २–० को अवस्थामा पुर्याए । ५३औँ मिनेटमा मिरान्डाले तथा ७२औँ मिनेटमा पाउडोले गोल गरेपछि स्पेन सहजै विजयी बन्यो । स्पेनले १५ जुनमा स्विडेनसँग खेल्दै युरो कपको थालनी गर्नेछ । लिथुनिया भने विश्वकप छनोटको तयारीमा छ ।

 
गएरातीनै फ्रान्सले बुल्गेरियालाई ३–० ले हरायो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जिताउन ओलिभर जिराउडले २ तथा एन्टोनियो ग्रीजम्यानले एक गोल गरे । २९औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । ८३औँ र ९०औँ मिनेटमा जिराउडले गोल गर्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए । चेक रिपब्लिकले अल्बानियालाई ३–१ ले स्तब्ध पार्दा सेनेगलले केप भर्डीबिरुद्ध २–० को जित दर्ता गर्यो । अन्य खेलहरुमा गीनीले कोसोभोलाई २–१ ले तथा मोरक्कोले घानालाई १–० ले स्तब्ध पारे । गएरातीका ४ खेल भने बराबरीमा टुंगीएका छन् । हंगेरी र आयरल्याण्डले तथा क्यामरुन र नाईजेरियाले गोलरहित बराबरीको नतिजा निकाल्दा पोल्याण्ड र आईसल्याण्ड तथा बेनिन र जाम्बियाले २–२ गोलको बराबरीको नतिजा हात पारेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?