Logo

मैत्रीपुर्ण फुटबलमा नेपालले आज म्यानमारसंग खेल्दै

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा रहेको नेपाली फुटबल टोलीले आज मैत्रीपुर्ण खेलमा आज म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने छनोटका बाकि खेल अघि नेपालले म्यानमारसंग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । म्यानमारको मण्डला थीरी स्टेडियममा नेपाली समयानुसार अपरान्ह सवा ४ बजे मैत्रीपुर्ण खेल सुरु हुनेछ । औपचारिक खेलमा यसअघि एक पटक मात्र प्रतिस्पर्धा गरेका नेपाल र म्यानमारबिच पहिलो पटक मैत्रीपुर्ण खेल हुन लागेको हो । फिफा वरियतामा २० स्थानमाथी रहेको म्यानमारबिरुद्ध उसैको मैदानमा एएफसी च्यालेन्ज कपमा २००८ मा भोगेको हारको बदला लिने लक्ष्यमा रहेको छ । यद्यपी मुख्य २ खेलाडी बिनै मैदान उत्रन लागेको नेपाललाई त्यसका लागि निक्कै मेहनत आवश्यक रहेको छ । कप्तान किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द बिदेशी लिगमा ब्यस्त रहेकाले नेपाली टोली मुख्य खेलाडी बिनै मैदान उत्रन लागेको हो ।
नेपाल र म्यानमार दुबै टोली विश्वकप छनोटको दोस्रो चरण खेलिरहेका छन् । नेपालले छनोटमा ३ अंक जोडेको छ भने समुह एफमा रहेको म्यानमारले अंक जोड्न सकेको छैन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?