Logo

मैत्रीपुर्ण टि–२० क्रिकेटमा माल्दिभ्सबिरुद्ध नेपाल ए टोलीको सहज जित

ई-खेलकुद २०७६ मंसीर १२ , बिहीबार १२:११ मा प्रकाशित

काठमाण्डौ । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको माल्दिभ्सबिरुद्धको मैत्रीपुर्ण टि–२० क्रिकेटमा नेपाल ए टोलीले सहज जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले भ्रमणकारी टोलीलाई ४९ रनले हराएको हो । राजधानीको मुलपानी क्रिकेट मैदानमा १ सय ५१ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २ रन मात्र बनाएपछि नेपालले शानदार जित हात पारेको हो । नेपालका नन्दन यादव र आकाश चन्दले समान २ विकेट हात पारे । यद्यपी आफ्नो स्तरअनुरुप माल्दिभ्सले भने उत्कृष्ट प्रर्दशन गरेको हो । आईसीसीको टि–२० वरियतामा नेपाल १४ र माल्दिभ्स ७६ औ स्थानमा रहेका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५० रनको उच्च योगफल तयार पारेको थियो । भीम सार्किले सर्बाधिक ३३ रन बनाएको ईनिङसमा अमित श्रेष्ठले २९, रित गौतमले २५, सुबास खकुरेलले २० तथा दिलिपनाथले १८ रन बनाए । शेर मल्लले ७, आकाश चन्दले ४ र सुनिल धमलाले १ रन बनाए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?