
काठमाण्डौ । मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसंगको मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज मलेसिया जादैछ । मलेसियन सुपर लिग च्याम्पियन जोहारसग एक मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज राती १० बजे मलेसिया जाने अखिल नेपाल फुटकल संघ एन्फाले जनाएको छ । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लबबिरुद्ध भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।
कप्तान बिराज महर्जनसहित मुख्य खेलाडीबिनै मलेसिया जान लागेको नेपाली टोलीमा विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसंग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
दोस्रो चरणको छनोटमा समूह बी मा रहेको नेपालले कुबेतसंग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । यो समुहमा नेपालसंगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
