Logo

मैत्रीपुर्ण खेलमा बार्सिलोना पराजित

ई-खेलकुद २०७८ साउन २१ , बिहीबार ०७:०८ मा प्रकाशित

एजेन्सी । प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । प्रि सिजनको चौथो मैत्रीपूर्ण खेलमा बार्सिलोना रेडबुल साल्जबर्गसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
साल्जबर्गको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुका सुसिस र ब्रेडेन आरोनसनले गोल गरे । बार्सिलोनाका मार्टिन ब्रेथवेटले एक गोल फर्काए ।
खेलको ४३औँ मिनेटमा सुसिसले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए । ८२औँ मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।
९०औँ मिनेटमा आरोनसनले गोल गरेपछि साल्जबर्गको जित निकाल्न सफल बन्यो । बार्सिलोना जोन ग्याम्पर ट्रफीको फाइनलको तयारीमा छ । उसले उपाधिका लागि इटालियन क्लब युभेन्टससँग खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?