Logo

मैत्रीपुर्ण खेलमा पिएसजीको शानदार जित

ई-खेलकुद २०७८ असार ३० , बुधबार ०९:०७ मा प्रकाशित

एजेन्सी । प्रि-सिजनको मैत्रीपुर्ण क्लब फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शानदार जित हात पारेको छ । लिग वानको नयाँ सिजन सुरु हुनुभन्दा अगाडि प्रि–सिजनअन्तर्गत पिएसजीले मान्सविरुद्ध ४–० को शानदार जित निकालेको हो । पिएसजीको जितमा माउरो इकार्डी, स्माइल घार्बी, बन्दिघौ फडिगा र जाभी सिमोन्सले गोल गरे । खेलको १२औँ मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।
घार्बीले ३५औँ मिनेटमा गोल गरेपछि पिएसजीले पहिलो हाफभरि २–० गोलको अग्रता बनायो । ८७ औँ मिनेटमा फडिगा र इन्ज्युरी समयमा सिमोन्सले गोल गरेपछि पिएसजी फराकिलो अन्तरले विजयी बन्यो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?