
एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा ईक्वेडरले पेरुलाई १–० ले पराजित गरेको छ । गएराती भएको खेलमा पेरुले पाएका अवसर खेर फाल्दा हार भोगेको थियो । अर्जेन्टिना र चीलीले गोलरहित बराबरी खेलेका छन् । रोमाञ्चक खेलमा दुबै टोलीले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । महत्वपुर्ण खेलाडी सर्जियो अगुईरो र लियोनल मेसी बिनै मैदान उत्रिएको अर्जेन्टिनाको अग्रपक्ति पाउलो डेवाला र लाउतारो मार्टिनेजले सम्हालेका थिए ।
हेण्डुरसले पेट्रो रिकोलाई ४–० ले हराउदा, वेनिनले आईभरकोष्टलाई २–१ ले स्तब्ध पार्यो । बुर्किना फासो र मोरक्कोले एक एकको बराबरी खेल्दा मौरीतानिया ट्युनिसियासंग १–० ले पराजित भयो ।
