Logo

मैत्रीपुर्ण खेलका लागि भारतीय टोली आज नेपाल आउदै

ई-खेलकुद २०७८ भदौ १४ , सोमबार ०८:०८ मा प्रकाशित

काठमाण्डौ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली आज काठमाण्डौ आउदैछ । २ वटा मैत्रीपुर्ण खेलका लागि भारतीय टोली नेपाल आउन लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार सुनिल क्षेत्री कमानीको २५ सदस्सीय टोली दिउँसो पौने ४ बजे काठमाण्डौ आईपुग्नेछ ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै मैत्रीपुर्ण खेलका लागि टोलीको घोषणा गरेका थिए । नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० मा हुनेछ।
दुबै टोली माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?