Logo

मैत्रीपुर्ण क्रिकेटमा माल्दिभ्सबिरुद्ध नेपालको फराकिलो जित

ई-खेलकुद २०७६ मंसीर १३ , शुक्रबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । दोस्रो मैत्रीपुर्ण टि–१० क्रिकेटमा नेपाल ए टोलीले माल्दिभ्सबिरुद्ध फराकिलो जित हात पारेको छ । राजधानीको मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले १ सय ७ रनको शानदार जित हात पारेको हो ।
२ सय १७ रनको बिशाल लक्ष्य पछ्याएको माल्दिभ्सले ७ विकेट गुमाएर १ सय ९ रन मात्र बनाएपछि नेपालले फराकिलो अन्तरको जित हात पारेको हो । हमद आजमले सर्वाधिक २६ रन बनाएको माल्दिभ्सका लागि एडम उमरले अविजित २१ रन जोडे । नेपालका बिक्रम सोब, तिलक राज भण्डारी र मन्जित श्रेष्ठले समान २ विकेट लिए । शेर मल्लको नाममा १ विकेट रह्यो ।
यसअघि ब्याटिङ गरेको नेपालले ३ विकेट गुमाएर २ सय १६ रनको किर्तिमानी योगफल तयार पारेको थियो । कप्तान शरद भेषवाकरले ८४ र प्रदीप ऐरीले ६८ रन बनाएपछि नेपाल उच्च योगफल बनाउन सफल बन्यो । दिलिप नाथले २७ र अमित श्रेष्ठले २५ रनको योगदान गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?