Logo

मेस्सीसंगै बार्साबाट खेल्ने सपना छ : सर्जियो अगुईरो

ई-खेलकुद २०७८ जेठ १८ , मंगलबार ०८:०६ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनामा हिजो मात्र अनुबन्धन भएका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोले बार्साको जर्सीमा लियोनल मेस्सीसंग खेल्ने आफ्नो सपना भएको बताएका छन् । बार्सामा आउने आफ्नो बाल्यकालदेखीकै सपना भएको बताउदै मेस्सीले त्यो अहिले आएर पुरा भएको बताए । म्यानचेष्टर सिटीबाट फ्रि ट्रान्सफरमा नाउ क्याम्पमा आएका ३२ बर्षिय स्टाईकर अगुईरोले सिटीसंग २ बर्षको सम्झौता गरेका हुन् । सिटीमा दस वर्ष बिताएका उनी सिटीका सर्वाधिक गोलकर्ता पनि हुन् ।
उनले इङ्ग्लिस क्लब सिटीका लागि तीन सय ९० खेल खेल्दा दुई सय ६० गोल तथा ७३ असिस्ट गरेका छन् । अब, ला लिगामा तेस्रो स्थानमा चित्त बुझाएको बार्सिलोनाले मेस्सीका नजिकका साथीसमेत रहेका अगुएरोको आगमनले प्रदर्शनमा सुधार गर्ने अपेक्षा गरिएको छ । तर सर्वाधिक छ पटकका बालोन डी‘ओर मेस्सीले भने बार्सिलोनामा सम्झौता गरिसकेको अवस्था छैन । यसैले पनि उनी अन्यत्र क्लब जानसक्ने सम्भावना छ ।
अगुएरोले भने बार्सिलोनाकै जर्सीमा कप्तान मेस्सीसँग खेल्न पाउने आशा गरेका छन् । ‘मलाई आशा छ कि मेस्सी र मैले एक साथ खेल्न पाउनेछौँ । हामीले राष्ट्रिय टोलीबाट सँगै खेलेका पनि छौँ’, सार्वजनीकरण कार्यक्रममा उनले भने, ‘तर यो उनकै निर्णय हो । उनीसँग खेल्न पाउनु खुसीको कुरा हो अनि गर्वको पनि । म उनको साथ थिएँ र उनलाई राम्रोसँग चिन्दथेँ ।’ यसैगरी अगुएरोले मेस्सी बार्सिलोनामा बस्नेमा आफू विश्वस्त रहेको सुनाए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?