Logo

मेस्सीले युभेन्टसविरुद्ध नखेल्ने

ई-खेलकुद २०७८ साउन १९ , मंगलबार ०७:०८ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जोन ग्याम्पर ट्रफीको फाइनल खेल नखेल्ने भएका छन् । क्लबसँग सम्झौता नवीकरण नगरी मैदान नफर्किने अडानमा रहेका मेस्सीले युभेन्टसविरुद्धको फाईनल नखेल्ने भएका हुन् ।
ग्याम्पर ट्रफिको फाईनल आगामी अगष्ट ८ मा हुनेछ । साविक विजेतासमेत रहेको बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा युभेन्टससँग खेल्ने छ । यो खेल आइतबार राति १ः१५ बजे हुनेछ । यस खेलमा विश्वका दुई उत्कृष्ट फुटबलरद्वय मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइने अपेक्षा गरिएको थियो । तर मेस्सी यस खेलबाट मैदान फर्किने मनसायमा नरहेको बताइएको छ ।
तर बार्सिलोनाले यस खेलअगाडि नै उनीसँग सम्झौता थप्ने योजना बनाइएको बताइएको छ । नयाँ सिजन सुरु हुनुभन्दा अगाडि बिदामा रहेका मेस्सी अझै क्लबमा फर्किएका छैनन् । यता, पोर्चुगिज स्ट्राइकर रोनाल्डो भने बिदाबाट टोलीमा फर्किएर प्रशिक्षण गरिरहेका छन् । यस खेलको तयारीस्वरूप उनी युभेन्ट्सको प्रशिक्षणमा फर्किएका हुन् । बार्सिलोना ग्याम्पर कपको सर्वाधिक सफल टिम हो । उसले ४३ पटक उपाधि जितेको छ । युभेन्टसले भने एक पटकमात्र उपाधि जितेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?