Logo

मेस्सीले बार्सासंग नयाँ सम्झौता गर्दै

ई-खेलकुद २०७८ असार ३० , बुधबार ०९:०७ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले क्लबसंग नयाँ सम्झौता गर्ने भएका छन् । क्लबसंगको सम्झौता सकिएसंगै उनले बार्सासंग लामो सम्झौता गर्न लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । क्लबमा ५ बर्ष रहने गरी मेस्सी र क्लबका पदाधिकारीबिचमा सहमति भएको दाबी स्पेनी मिडियाले गरेका छन् । यद्यपी मेस्सीको ५० प्रतिशत तलब भने घट्ने छ ।
बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबलाई राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो । ६ पटकको बालोन डी’ओर विजेता मेस्सीले बार्सिलोनाबाट सबै उपाधि जितिसकेका छन् । ३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?