Logo

मेस्सीले पिएसजीबाट आज डेब्यु गर्ने संभावना

ई-खेलकुद २०७८ भदौ १३ , आईतबार ०९:०८ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजी पुगेका स्टाईकर लियोनल मेस्सीले आज पिएसजीबाट डेब्यु गर्ने संभावना छ । लिग वान अन्तर्गत स्टेड डि रेईम्सविरुद्धको खेलमार्फत मेस्सीले टोलीबाट डेब्यु गर्ने संभावना रहेको हो ।
सो खेल नेपाली समयानुसार राति १२ः३० बजे हुनेछ । सो खेल रेईम्सको मैदानमा हुनेछ । आजको खेलमा पिएसजी लगातार चौथो जित हात पार्ने योजनामा छ ।
स्पेनको २१ वर्षे बसाइ अन्त्य गरेर फ्रान्सको राजधानी पुगेका मेस्सी टोलीमा नेयमार, किलियन एम्बाप्पे, एन्जल डी मारियासँग प्रशिक्षणरत छन् । रेइम्ससँगको खेलका लागि पनि उनले तयारी गरिरहेका छन् ।
रेइम्ससँगको खेलपछि उनी राष्ट्रिय टोलीको खेलमा फर्कने भएकाले पिएसजीले उनलाई आज डेब्यु गराउने निश्चित छ ।
पोचेटिनोको साथमा १५ दिन काम गरिसकेका मेस्सीले यस खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्ने सम्भावना छ । कोपा अमेरिका खेलेयता मैदान नउत्रिएका उनले आज दोस्रो हाफमा कम्तिमा ३० मिनेट खेल्ने अपेक्षा गरिएको छ ।
यस खेलपछि मेस्सी पुनः अर्जेन्टिनाको टिममा फर्किनेछन् । उनी सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेल्ने तयारीमा हुनेछन् । सोमबार मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटतर्फको खेल खेल्न मेस्सीको कप्तानीमा ३० सदस्यीय टोली घोषणा गरेका छन् ।

विश्वकपको छनोटअन्तर्गत अर्जेन्टिनाले तीन राष्ट्रसँग खेल्ने छन् । अर्जेन्टिनाले भेनेजुएला, ब्राजिल र बोलिभियासँग खेल्ने तालिका छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?